Latest
img

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट गुरुङ सम्मानीत

मीना कंडेल
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको तेस्रो राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कमला गुरुङलाई प्रदान गरिएको छ । नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

फाउण्डेसनको अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘स्वास्थ्य खबर पत्रिकाकी वरिष्ठ संवादाता गुरुङ छनोट हुनु भएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहाले सो पुरस्कार प्रदान गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री गाहाले पत्रकारले स्वच्छ, निश्पक्ष तरिकाबाट समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भयो । स्वर्गिय राधाले लामो समयसम्म पत्रकारीतामा पुयाएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । फरक प्रसगंमा बोल्दै मन्त्री गाहाले गण्डकी प्रदेशको भारतसगं जोडिएको एक मात्र त्रिवेणी नाकालाई व्यवस्थि तगर्न प्रदेश सरकार लागि पर्नै बताउनु भयो । नाकामा नागरिकलाई सरल र सहज तवरबाट सेवा दिन समेत निर्देशन दिनुभयो ।

विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएका राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आउनु भएको थियो । समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनु भएकी बस्यालकोे निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिईरहनु भएको छ ।

Related Post

Leave A Comment