Latest
img

नहरमा बेपत्ता महिला र २ छोराको शव फेला

नवीन पौडेल
पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा डुबेर तीन जनाको मृत्यु भएको छ । स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो । उनीहरू नहरमा हाम फालेको आशंका गरिए पनि पुष्टि भने भएको छैन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्ता सलवारले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको थियो ।

Related Post

Leave A Comment