Latest
img

महोत्सवको साङ्गीतिक कार्यक्रममा नाचे दर्शकहरु

नवलपुर-गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाको साङ्गीतिक कार्यक्रममा दर्शकहरुले भरतपुर मनोरञ्जन लिएका छन् । आज फागु पूर्णिमा अर्थात होलिसमेत परेका कारण महोत्सवस्थल होलिमय बनेको थियो । होलि विशेष सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायिका राधिका हमाल, गायक रमेशराज भट्टराई, एमटी महरलगायतका कलाकारहरुले गीत दर्शकलाई नचाएका थिए । गायक भट्टराईले गीत गाउँदै सांस्कृतिक कार्यक्रममो सुरुआत गरेका थिए । भट्टराईले गाउन थालेपछि उनलाई दर्शकले साथ दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रममा गायक भट्टराईले आफ्ना चर्चित एक दर्जन बढी गीतहरु गाउँदै दर्शकलाई छमछमी नचाउन सफल भएका थिए । त्यस्तै, गायिका हमाललाई पनि दर्शकहरुले साथ दिए । उनले आफ्न नया तथा पुराना चर्चित गीतहरु गाएकी थिइन् । सांस्कृति कार्यक्रम अन्तर्गत आज साँझ नै प्रत्यक्ष दोहोरी गीत गाउँदै कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

भोलि होलि धमाकामा प्रिती आलेले गाउने फागुन २१ गतेदेखि गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलामा भोलि मंगलबार चर्चित गायिका प्रिती आलेले गीत गाउने भएकी छिन् । होलि धमाका नाम दिइएको सांस्कृतिक कार्यक्रममा प्रिती आलेसहितका कलाकारहरुको प्रस्तुती रहने मेलाको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए ।

मंगलबारको होलि धमाका कार्यक्रममा प्रितीसँगै दुर्गेन डोङ, प्रतिमा गैरेलगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ ।
महोत्सवको दोस्रो दिन सोमबार दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य लिलाबहादुर अधिकारीले जानकारी दिए । भोलि मंगलबार तराई होलि परेकाले दर्शकहरुको संख्या अझै उल्लेख्यरुपमा बढ्नेसमेत अधिकारीको भनाइ छ । महोत्सव आइतबारबाट मात्रै सुरु भएकाले दर्शकहरुको उपस्थिति विस्तारै बाक्लिदै जाने अधिकारीले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाकोरुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ । मेला मार्फत नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडरको प्रचार गर्ने कोइरालाले बताए ।

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पु¥याउने बताए । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका भट्टचनले बताए । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुरलाई छनोट गरिएको उहाँको भनाइ छ ।

‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव चैत १ गतेसम्म सञ्चालन हुनेछ । करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको भट्टचनले बताए ।

Related Post

Leave A Comment