हुप्सेकोट गाउँपालिकामा तीन जना महिला सम्मानित - Nepal Frontline
Latest
img

हुप्सेकोट गाउँपालिकामा तीन जना महिला सम्मानित

हुप्सेकोट- एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले तीन जना नारीहरुलाई सम्मान गरेको छ । हुप्सेकोट गाउँपालिकामा जन्मी हुर्किएका शिक्षा, स्वास्थ्य र प्रहरी सेवामा आवद्ध भएर लामो समयदेखि समाज रुपमान्तरणमा लागि परेका तीन जना महिलालाई सम्मान गरिएको हो । नारी दिवसको अवसरमा आयोजित नारी दिवस विशेष समारोहमा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रहरी नायब निरीक्षक(सई) राधिका बस्याल, डा.लक्ष्मी खड्का र मावि स्थाई शिक्षक दरिसा ढेगा लाई सम्मान गर्नु भएको हो ।

सम्मानित तीनै जाना नारीहरु हुप्सेकोट गाउँपालिकामा नै जन्मी हुर्की स्थानीय विद्यालयमा अध्ययन गरि उदाहारणीय कार्य गरेको हुदा सम्मान गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो ।
त्यसैगरी सोहि कार्यक्रममा कलाकार सरिता लामिछानेलाई समेत सम्मान गरिएको थियो । उहाँले कलाकारीता मार्फत महिला अधिकारका बारेमा समाजमा पुर्याउनु भएको चेतनाको कदर गर्दै गाउँपालिकाले सम्मान गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।

नारी दिवसको अवसरमा नारी सम्मान कार्यक्रम सहित विभिन्न क्षेत्रका विज्ञ संग लैङ्गिक समानताका लागि किशोरी विषयक अन्तरक्रिया कार्यक्रम र नारी दिवस विशेष समारोह आयोजना गरिएको हो । लैङ्गिक समानताका लागि किशोरी विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे सहित अधिकारकर्मी एवं लोकप्रिय कलाकार सरिता लामिछाने, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी संग स्थानीय किशोरी एवं महिलाहरुले दोहोरो संवाद गरेका थिए । अन्तरक्रिया कार्यक्रम पछि नारी दिवस विशेष कार्यक्रम सञ्चालन गरिएको थियो  ।

सो अवसरमा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी, कलाकार सरिता लामिछाने, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पुर्ण सिं राना लगाएतकाले बोल्नु भएको थियो ।  हुप्सेकोट गाउँपालका ३ गिरुबारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माविमा सञ्चालीत कार्यक्रममा स्थानीय वालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिकाका महिला समुह, सहकारी, क्लव, विद्यालय, टोल विकास संस्था लगाएतका विभिन्न संस्था तथा समूहवाट महिलाहरुको सहभागिता रहेको थियो । यस वर्षको ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधारःसिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा सहित बुधवार विश्वभर मनाईएको छ ।

Related Post

Leave A Comment