Latest
img

आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत

काठमाडौं- बढिरहेको गर्मी र वायु प्रदुषणको कार‌ण जनजीवन प्रभावित भइरहेको बेला आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको छ । पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस पुगेको छ ।

नयाँ मौसमी प्रणाली विकास नहुँदा स्थिर मौसमको कारण लगातार तापक्रम बढिरहेको मौसम विज्ञान विभागले जनाएको छ । हिजोदेखि सुदूरपश्चिमतिर बाक्लो बादल देखिएकाले आजदेखि मौसममा त्यसको केही असर देखिन सक्ने विभागको अनुमान छ ।

नयाँ मौसमी प्रणालीवाट ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ५० भन्दा बढी रहेमा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर उपत्यकामा एक्यूआइमा १९२ देखाएको छ । जुन झण्डै चार गुणा बढी हो ।

वायु प्रदुषणको कारण यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । त्यसै गरी, ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुर लगायतका सहरमा पनि उच्च वायु प्रदूषण देखिएको छ । NTV

Related Post

Leave A Comment