Latest
img

२०८० वैशाख १२-आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज वि.स. २०८० साल वैशाख १२ गते मंगलवार, सन् २०२३ अप्रिल २५ तारिख ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह- आज नयाँ र शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज विद्यामा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा खर्च पनि हुनेछ, तर सफल यात्राको योग पनि छ ।

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे- साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो- सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते- कुनै न कुनै माध्यमबाट आफन्तसँग भेटघाट हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु- अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आज जोशजाँगर र खुसी थापिनेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रियपात्रबाट सहयोग पनि मिल्नेछ ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । कृषि कार्यका कमहरू सम्पन्न हुनेछन् ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द- शुभ समाचार सुन्न पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि- आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

Related Post

Leave A Comment