६० जना विद्यार्थीलाई विकू दिर्घकालिन छात्रवृत्ति प्रदान - Nepal Frontline
Latest
img

६० जना विद्यार्थीलाई विकू दिर्घकालिन छात्रवृत्ति प्रदान

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले ६० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विकू दिर्घकालिन छात्रवृत्ति प्रदान समारोहमा विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले ५ जना विद्यार्थीबाट सुरु भएको यो छात्रवृत्ति अहिले ६० जनालाइ दिइएको जानकारी दिनुभयो । नर्सरी देखि एसईई दिने समयसम्म विद्यार्थीहरुले निरन्तर छात्रवृत्ति प्राप्त गर्ने बताउनुभयो । ६० जनालाई १० लाख बढी रकम छात्रबृत्ति प्रदान गरिएको छ भने हालसम्म ३ सय जना बढी विद्यार्थीलाई दिर्घकालिन छात्रवृत्ति प्रदान गरिएको पौडेलले बताउनुभयो ।

प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माले शैक्षिक विकासमा विकूको अतुलनीय भूमिका रहेको बताउँदै वित्तीय संस्थाप्रति नकरात्मक धारणा आएको समयमा यस्ता कार्यक्रम गरेर विकूले सकारात्मक सन्देश दिएको बताउनुभयो । छात्रवृत्ति दोहोरो नपर्ने गरी बितरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विकू विधि नीति र प्रबिधिले चलेको बताउँदै विकूले छात्रवृत्ति दिएका विद्यार्थीले के–के गरेका छन् भन्ने रेकर्ड समेत राखिरहेको बताउनुभयो । भोलीका दिनमा आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

विकूका उपाध्यक्ष यमुनाथ आचार्य, विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा, विकूका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटा, गैँडाकोट नगरपालिकाका आर्थिक शाखा प्रमुख देबेन्द्र गौतम, विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’, विकूका लेखा सुपरीवेक्षण समिति संयोजक कमल सुवेदीले विकूले शिक्षा क्षेत्रको विकासमा खेलेको भूमिकालाई निरन्तरता दिइराख्ने बताएका छन् ।

श्री गणेश सेवा केन्द्र डण्डाका संयोजक बिरबहादुर कुमालले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक विकास एवं उज्जवल भविष्यको कामना गर्नुभएको थियो ।

छात्रवृत्ति ग्रहण गर्दै लक्ष्मी मावि अमरापुरीमा कक्षा १० मा अध्ययनरत आरती सापकोटाले छात्रवृत्तिले अध्ययनमा सहज भएको बताउँदै विकूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अभिभावक चन्द्र सापकोटाले विकूलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीलाई पनि मिहिनेत गर्न आग्रह गर्नुभयो ।

Related Post

Leave A Comment