Latest
img

देश निर्माण गर्ने नाँउमा स्वार्थको राजनीति गर्न हुँदैनः प्रदेश सांसद पद्मा जिसी

यामु कुमाल
कावासोती- देश निर्माण गर्ने नाँउमा स्वार्थको राजनिति गर्न नहुने गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले बताउनु भएको छ । नवलपुरको सदरमुकाम कावासोतीमा जिल्ला भेला तथा पूर्वाधार विकास , सुशासन र नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश सभा सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

उहाँले राजनितिक ज्ञान नहुँदासम्म देशलाई अगाडि लैजान नसक्ने तर्क व्यक्त गर्दै स्वार्थको राजनिति त्यागेर समाजलाई कसरी एकताबद्ध ढङ्गबाट अगाडि लैजान सकिन्छ भन्ने तर्फ सम्पूर्ण राजनिति दलहरु उन्मुख हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय राजनिति क्षेत्रमा संख्यात्मक हिसाबले विकास भएतापनि गुणत्मकरुपमा सन्तुष्टी गर्न सकिने अवस्था नरहेको आशय व्यक्त गर्नु भयो । जिल्ला भेला तथा पूर्वाधार विकास , सुशासन र नेतृत्व विकास कार्यक्रम खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपुरको आयोजनामा भएको हो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हँदै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवशप्रसाद चापागाईले नवलपुर जिल्लामा पानीको समस्या नरहे पनि सचेत हुनु पर्ने बताउनु भयो । उहाँका अनुसार अन्य स्थानमा भन्दा नवलपुरमा पानी शुद्धिकरणको विषयलाई लिएर चिन्ता व्यक्त गरिहाल्नु पर्ने अवस्था नरहेपनि अनुगमनका क्रममा साना तथा ठूला खानेपानी आयोजनामा केही कमीकमजोरी भने देखिएको छ । प्रमुख चापागाईले खानेपानीका आयोजनामा अन्य समस्या नदेखिए पनि पानीका मुहानमा इकोली भने देखा पर्ने गरेको बताउनु भयो ।

यस विषयमा आयोजनाहरु संयमित हुनु पर्नेमा उँहाको जोड छ । जिल्लाका साना ठूला सबै खानेपानी आयोजनाले पानीमा क्लोरिन अनिवार्यरुपमा प्रयोग गर्न समेत अनुरोध गर्नु भयो । नवलपुर जिल्लामा वार्षिकरुपमा करिब तिन लाख मानिसको स्वास्थ्य परिक्षण गर्दा ४० हजार जना विरामी पानीका कारण भेटिएको स्वास्थ्य प्रमुख चापागाइले बताउनु भएको छ । यस्तै कार्यक्रममा पानीलाई कसरी शुद्धीकरण गरिन्छ रु घरेलु उपाय लगायतका विषयमा जानकारी समेत गराइएको थियो । कार्यक्तममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा लगायतले मन्तव्य राखेकमा थिए । कावासोती खानपानी सभाहलमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपुरका अध्यक्ष खिमानन्द भुषालको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

Related Post

Leave A Comment