Latest
img

लक्की फिल्मी अवार्डको मोफसल टुर हुँदै

भरतपुर – एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचारप्रसारका लागि मोफसल टुर हुने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै टुर सुरु गर्न लागिएको छ । मोफसल टुरमार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने जनाइएको छ । चितवनको लक्की मिडिया हाउसले यही असारमा फिल्मी अवार्ड वितरण गर्न लागेको हो ।

लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की लक्कीले फिल्मी अवार्ड कार्यक्रमलाई सफल पार्न देशव्यापी सुझावहरु संकलन गरिरहेको बताए । `मोफसल टुर सुझाव संकलन गर्ने टुर पनि हो´, उनले भने, `चलचित्र क्षेत्रको सम्भावना, चुनौतीबारे पनि बहस चलाउने अभियान हो ।´ उनका अनुसार पहिलो चरणको मोफसल टुर मौलाकालिकादेखि बाग्लुङ कालिकासम्म पुग्ने छ । कुरिनटार, दमौली, बन्दीपुर, पोखरालगायतका क्षेत्रमा टुर हुनेछ ।

चितवनमा फिल्मी जमघट बढाउन टुरले सघाउने कार्कीले बताए । ३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी छ । लक्की मिडिया हाउस चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन निरन्तर सक्रिय छ ।

Related Post

Leave A Comment