Latest
img

सुर्यभक्त पतनादेबी पत्रकारिता पुरस्कार बाट चार जना पत्रकार पुरस्कृत हुने

कावासोती-सुर्यभक्त पतनादेबी पत्रकारिता पुरस्कार बाट चार जना पत्रकार पुरस्कृत हुने भएका छन्। नेपाल प्रेस युनियन नवलपुर शाखाले वितरण गर्ने सुर्यभक्त पतनादेबी रास्ट्रिय पत्रकारिता पुरस्कार बाट चार जना पत्रकार सम्मानित हुने भएका छन ।

प्रत्येक बर्ष वितरण गरिने सुर्यभक्त पत्रकारिता पुरस्कार बाट डा भुमिराज चापागाई , बरिस्ठ पत्रकार सुर्यचन्द्र बस्नेत , समिरजङ साह, ईस्वर जोसि लाई सम्मान गरिने अध्यक्ष बिरेन्द्र पराजुलीले जानकारी दिनुभयो । सुर्यभक्त पतनादेबिका छोरा मदनभक्त अधिकारीले स्थापना गरेको पुरस्कार बाट प्रत्येक बर्ष लोकतन्त्रमा बिस्वास गर्ने बरिस्ठ पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

पुरस्कार जनही २५ हजार र ताम्रपत्रले सम्मानित गरिने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । यसभन्दा अगाडी बरिस्ठ पत्रकार किसोर नेपाल, धर्मेन्द्र झा, कुलचन्द्र बाग्ले,किरण पोख्रेल,बिपुल पोख्रेल लगायतका पत्रकार सम्मानित भैइसकेका छन । यसैबीच नेपाल प्रेस युनियन नवलपुरको अधिवेशन आउँदो ज्येष्ठ ५ गते हुनेभएको छ । अधिवेशनले आगामी तीनवर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने प्रेस युनियन नवलपुरले जनाएको छ ।

 

Related Post

Leave A Comment