Latest
img

न्युरो टिप्न गएका श्रिमान श्रिमतीको नारायणी नदिमा डुबेर मृत्यु

नवलपुर- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका २ स्थीत नारायणी नदीमा डुबेर श्रीमान श्रीमतिको मृत्यु भएको छ ।

नारायणी पारी न्युरोको साग टिप्न जादाँ नदी तर्ने क्रममा डुबेर मध्यविन्दु नगरपालिका–२ कोल्हुवा बस्ने बर्ष ५५ का सोम बहादुर बोटे र उहाँकी श्रीमति बर्ष ५० की बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहकारी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।

“शनिवार साँझ नदी तेर्ने क्रममा डुबेर वेपत्ता हुनु भएका दुई जना मध्य महिलालाई स्थानीयले मृत अवस्थामा उद्धार गरेका थिए भने पुरुषको गएराती नदी किनारमा शव फेला परेको हो”उहाँले भन्नु भयो ।

मृतक दुबै जनाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । जिल्लाको नारायणी नदी किनारमा बसोबास गर्ने माझी, मुसहर, बोटे समुदाय साँझ विहानको छाक टार्नकै लागि नारायणी नदीमा जंगलि तरकारी एवम् माछा मार्न जाने गर्दछन् ।

Related Post

Leave A Comment