खोलामा डुवेर शिक्षकको मृत्यु - Nepal Frontline
Latest
img

खोलामा डुवेर शिक्षकको मृत्यु

मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा डुवेर एक शिक्षकको मृत्यु भएको छ ।
देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण सुवेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।
मध्यविन्दु नगरपालिका वडा नं.१४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुवेदीको ज्यान गएको उहाँले बताउनु भयो ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं. १० स्थीत जनता माध्यामिक विद्यालयका शिक्षक हुनुहुन्छ । अत्याधिक गर्मी भएपछि सुवेदी सहित स्कुलका सातजना शिक्षकहरु पौडी खेल्न खोलामा गएका थिए ।

यसैविच गत शनिवार जिल्लकै गैँडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित कालीगण्डकी नदीमा डुवेर वेपत्ता भएका २ जनामध्ये एकजनाको शव फेला परेको छ ।

नदीमा डुबेर बेपत्ता हुनुभएका चितवन रत्ननगर नगरपालिका वडा नं. १० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसेको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

Related Post

Leave A Comment