अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्राको पाठी वितरण - Nepal Frontline
Latest
img

अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्राको पाठी वितरण

नवपुर- कावासोती नगरपालिका वडा नम्बर ६ ले अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्राको पाठी वितरण गरेको छ । शिवमन्दिर अपाङ्गता स्वाबलम्बन समूहका १० जना व्यक्तिहरुलाई आर्यआर्जनमा सहयोग पुगोस भन्ने उदेश्यले वितरण गरिएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । वडा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका विचहरु बाख्राको पाठी वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्राको पाठी वितरणले दैनिकि गुजारा चलाउन सहज हुने विश्वास लिएको शिवमन्दिर अपाङ्गता स्वाबलम्बन समूहका सचिव विष्णु भुसालले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधी, स्थानीय र शिवमन्दिर अपाङ्गता स्वाबलम्बन समूहमा आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

Related Post

Leave A Comment