Latest
img

हुप्सेकोट गाउँपालिकाको बजेट ४९ करोड ७३ लाख

नवलपुर- हुप्सेकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ७३ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । आईतवार गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना मगरले सो अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ७६ लाख, संघीय राजश्व बाँडफाँटबाट प्राप्त हुने ९ करोड ५६ लाख ४४ हजार, संघीय सशर्त अनुदान २० करोड ६१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड २५ लाख ९४ हजार, प्रदेश राजश्व वाँडफाँड ८२ लाख ४४ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ करोड ३२ लाख २ हजार, नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान ६० लाख, नेपाल सरकार बाट प्राप्त हुने विशेष अनुदान १ करोड ८० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान २५ लाख, विशेष अनुदान २५ लाख, प्रदेश समपुरक अनुदान ५० लाख रहेको छ । आन्तरिक आम्दानी २५ करोड ७२ लाख ८४ हजार आम्दानी हुने अनुमान गरिएको छ । सभामा आर्थिक विद्येयक सर्वसम्मतीले पास भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा संचालित अधिवेशन बजेट माथि छलफलको लागि असार १२ गते बैठक बस्ने गरी स्थगीत भएको छ ।

 

 

 

Related Post

Leave A Comment