Latest
img

नवलपुरमा ६ महिनामा ७ जबर्जस्ती करणीका घटना

मीना कंडेल
कावासोती – अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक (नवलपुर)ले मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समिक्षा गरेको छ । नवलपुरमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सोमबार सार्वजनिक गरिएको थियो ।

पुर्बी नवलपरासीमा पछिल्लो ६ महिनामा १४ वटा मानव अधिकार हनन को घटना भएको छ । जस्मा ५ जना बालिका जबरजस्तीकरणी को घटनामा पिडित भएको , २ ओटा महिलामाथी जबर्जस्तीकरणी को प्रयास भएको ,६ ओटा महिला हिन्सा र राज्यपक्ष बाट १ वटा मानव अधिकार हनन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बताउनु भयो । जिल्लामा बालबिबाह हुने गरेको भएपनी राज्यको निकाएमा तथ्यांक दर्ता नहुदा समस्या बढेको सरोकारवालाले जोड दिएका थिय ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम बिस्वकर्माले मानव अधिकार हननका घटनामा जातिय भेदभाब पर्ने भएपनी जनचेतनाको अभाब र पहुँच को अभाबमा घटना बाहिर आउन नसके बताउनु भयो । यस्ता घटना बाहीर ल्याउन मानव अधिकारबादी सस्था लाई प्रमुख बिस्वकर्माले आग्रह गर्नुभयो ।

इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानवअधिकारको अवस्थाको बारेमा जानकारी हुने हुदा मानवअधिकारको अवस्था सुनिश्चत गराउँन सबै लाग्नुपर्ने नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो । समाजमा हुने अपराध, हिंसा र हननका घटना नियन्त्रण र न्यूनिकरण राज्य र अधिकारकर्मीकोे मात्र दायित्व नभएर समाजका सबै सभ्य नागरिकले दायित्वबोध गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दैं आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले वडास्तर देखि पालिका केन्द्र सम्म न्यायिक समिति भएपनि अधिकार र कार्यक्षेत्र सम्बन्धि अस्पस्टता हुँदा प्रभावकारी काम हुन नसकेकाले समाजमा घटेका धेरै घटनाको अभिलेखिकरण हुन सकेको छैन त्यसतर्फ पनि सरोकारवालाले ध्यान दिनुपर्नैमा जोड दिनु भयो । मानव अधिकारको घटनालाई हत्या , हिंसा र बलात्कारको घटनालाई मात्र सर्बसाधारणले बुज्ने हुदा स्वास्थ , शिक्षा लगायतका मानब अधिकार हननका घटना दर्ता नै नहुने गरेको छ ।

Related Post

Leave A Comment