Latest
img

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमबाट एक सय घरधुरी लाभान्वित

 यामु कुमाल

नवलपुर- विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम नवलपुर जिल्लामा प्रभावकारी भएको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको छ ।

४० लाखको लगानीमा सुरुवात गरिएको यो कार्यक्रमले विशेषगरी ग्रामीण भेगका विपन्न समुदायको जिवनस्तरलाई सुधारोन्मुख गराएको देखिन्छ ।

कार्यक्रम अन्तरगत कुखुरा , बंगुर , बाख्रा , प्लाष्टिक घर निर्माण , च्याउ घर , बाख्रा पालन सम्बन्धी तालिम , भकारो सुधार , सिँचाइ लगायतका कार्य रहेको छ ।

आज आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कार्यक्रम प्रभावकारी हुँदै गएको कृषि ज्ञान केन्द्रले बताएको हो । यस्तै गरी जिल्लामा ग्रामीण पोषण सुरक्षण कार्यक्रमबाट एक सय ३८ , विशेषबाली प्रबद्र्धन कार्यक्रमबाट ३ सय ८७ , साना सिँचाई सञ्चालन कार्यक्रमबाट ९ सय ७७ , धानबाली प्रबद्र्धन कार्यक्रमबाट ३ सय ५८ र तरकारी क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रमबाट २ सय २६ घरधुरी लाभान्वित भएका छन् ।
कार्यक्रममा धानबाली प्रबद्र्धन कार्यक्रम , दलहन बाली प्रबद्र्धन कार्यक्रम र साना व्यवसायी फर्म स्थापना तथा विस्तार कार्यक्रम प्रगति नभएको समेत ज्ञान केन्द्रले जनाएको छ ।

Related Post

Leave A Comment