Latest
img

नवलपुरमा ८७ प्रतिशत धान रोपाई

मध्यविन्दु- नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हालसम्म ८७ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । मनसुन चाँडै सुरु भएको भएपनि अझै समयमा सिचाई नहुँदा रोपाई गर्न बाकि रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनु भयो । “चैते धान लगाएको र मकै लगाइएका पहाडि क्षेत्रमा रोपाई गर्न ढिलो भएको छ ”उहाँले भन्नु भयो । जिल्लामा रोपाई ढिला भएपनि धान उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । गत बर्ष ७५ हजार ८ सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो भने यसबर्ष ७६ हजार ९ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख लामिछानेले बताउनु भयो ।

जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिकामा करिब ९० प्रतिशत रोपाई सकिएको र साउनको पहिलो सातामा सकिने अनुमान गरिएको छ । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षेनी धान लगाउने गरिएको छ । यसबर्ष मौसम समयमा सक्रिय नहुँदा पनि किसानले समयमा रोपाई गर्न नपाएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताउनु भयो । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटार गाउँपालिकामा अझै रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“सिचाई नभएका ठाउँमा धान रोपाई हुन सकेको छैन् । आकाशे पानिका भरमा रोपाई गर्नु पर्ने भएकाले जिल्लाका केहि ठाउँमा रोपाई हुन नसक्दा किसान चिन्तित भएका छन्” उहाँले भन्नु भयो “अघिल्ला बर्षहरुमा साउनको पहिलो सातासम्म किसानले रोपाई गरेर सक्ने थिए भने यसबर्ष समयमा पानी नपरेका कारण बिउ राख्न ढिलाई भएको र रोपाई पनि समयमा हुन नपाएकोे हो । ” यसवर्ष समयमा पानि नपर्दा विउ राख्न पनि ढिला भएको बौदिकाली गाउँपालिकाका कृषक कमाङसिङ सुस्लिङ मगरले बताउनु भयो । “अव रोपाई गर्न पनि आकाशको पानि कुर्नुपर्ने छ कहिले हुन्छ थाहा छैन, महङ्गीले सबै कुराको भाउ बढेको छ, अब खेती गरेर जीविका चलाउन नसकिने अवस्था आएको छ”उहाँले भन्नु भयो ।

स्थानीय ज्योति महतोले धान रोपाईमा वर्षेेनी दुुख पाउने गरेको दुखेसो गर्नुभयो । कम्तिमा धानको विउ राखेको एक महिनामा धान रोपाई गर्न विउ तयार हुने गर्छ तर राम्रो सिंचाई नहुदा धान रोपाई गर्न नपाउँदा विउ ठुलोे भैसकेको उहाँले बताउनु भयो ।रासस

Related Post

Leave A Comment