जंगली च्याउ खाँदा दुई जनाको मृत्यु - Nepal Frontline
Latest
img

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

बौदीकाली – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका ६ मा जंगली च्याउ खाँदा सासू बुहारीको मृत्यु भएको छ । गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ ल्याएर पकाएर खाएका बौदिकाली ६ माझडाँडाका सासू ९९ वर्षीय लिला आले र बुहारी ६६ वर्षीय उमाकुमारी आलेको मृत्यु भएको बौदीकाली गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष खुम बहादुर सारुले बताउनु भयो ।

जंगलि च्याउ खाएका मध्य सासू बुहारी सहित छोरी ललिता आले मगर, तारा आले र छिमेकी खगिरसार सिंजाली पनि विरामी भएकोमा अन्य उपचारपछि निको भएका छन् । बिरामी भएका लिला आले र उमाकुमारी लाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसके पछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उहाँहरु दुवै जनाको गएराति मृत्यु भएको स्थानीय नेत्रबहादुर सारुले बताउनु भयो ।
“उपचारको क्रममा मंगलबार राति उमा कुमारी आलेको अस्पतालमा नै मृत्यु भएको हो” उहाँले भन्नु भयो “लिला आलेलाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मंगलबार राति घरमा मृत्यु भएको हो ।” बिरामी भएका अन्य तीन जना स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि निको भएर घर फर्किएको सारुले बताउनु भयो ।

गत बर्ष पनि जंगलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जगलमा पाईने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत रहेको स्थानीय तारा पुलामीले बताउनु भयो ।

Related Post

Leave A Comment