Latest
img

पत्रकारद्धय गुरुङ र कुमालसहित १६ जना सम्मानित

नवलपुर- नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाबाट १६ जना सम्मानित भएका छन् ।
दिवसका अवसरमा जिल्लाका विभिन्न चार विधामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । वैदेशिक रोजगारबाट फकिएका रिटर्नी ६ जना सफल उद्यमी , राष्ट्रिय खेलाडी ६ जना , पत्रकारिता तथा सञ्चार जगतमा दुइ जना र शिक्षाप्रेमी तथा समाजसेवी दुइ जना गरी जिल्लाबाट १६ जना सम्मानित भएका हुन् ।  पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि पु¥याएको योगदान बापत् बुद्ध दर्शन टेलीभिजनकी समाचारदाता यामु कुमाल र मुकुन्दसेन टेलिभिजनका अशिफ गुरुङ सम्मानित भएका छन् ।
दिवसको अवसरमा शनिबार भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका कार्यवहाक अध्यक्ष सुमनकुमार श्रेष्ठको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यथता रहेको थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि श्रीधर शर्माले पछिल्लो समय नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पलायन हुने अवस्था रहेको बताउनु भएको छ ।
उहाँले नेपालमा मै खेलाडीहरुका लागि अवसर र कुनैपनि ग्यारेन्टी नभएका कारणले गर्दापनि नेपाली रािष्ट्रय खेलाडी खाडीमुल जान बाध्य भएको बताउनुभयो । यसरी देशका गहनाहरु दिनप्रतिदिन वैदेशिक रोजगारका लागि वाहिरिदै गर्दा खेल क्षेत्रमात्र नभई देशका लागि चुनौतिको विषय भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
युवाहरुलाई देशमा नै कसरी रोक्न सकिन्छ भन्ने विषयमा नेपाल सरकार लगायत विभिन्न निकाय गम्भीर हुन आबश्यक रहेको छ ।  यस्तै कार्यक्रममा बोल्नु हुँदै रिटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले देशमा नै कसरी आफै स्वरोजगार बन्न सकिन्छ भन्ने दृढ संकल्पका साथ लागि परेको बताउनु भएको छ । उहाँले वैदेशिक रोजगारबाट फर्किएका एक सय भन्दा धेरै व्यक्तिलाई सफल उद्यमी बनाउन सफल भएको बताउनु भयो ।
शनिबार दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ , नवप्रर्वतन र उद्यमशिलतामा हरित सिप विकास भन्ने नाराका साथ भएको कार्यक्रम नेपाल सरकार युवा तथा खेदकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् मूल समारोह समिति एवम् रिटर्नी माइग्रँट नेपाल नवलपुरको आयोजनामा भएको हो । भने रिटर्नी कृषि तथा पशुपालन ,जागृति बाल तथा युवा सरोकार नेपाल र जिल्ला खेलकुद विकास समिति नवलपुरको सहकार्यमा भएको थियो । कार्यक्रम चिस्यान केन्द्रको पाङ्गणमा भएको थियो ।
Enter

Yamu

Open photo
Enter
Yamu

Related Post

Leave A Comment