Latest
img

नवलपुरमा चल्ने सार्वजनिक सवारीमा अनिवार्य डस्टबिन राख्नुपर्ने

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य रुपमा फोहोर फाल्नका लागि डस्टबिन राख्नुपर्ने भएको छ । नवलपुरमा स्वच्छ सडक अभियान सञ्चालन गरेर ट्राफिक प्रहरीले यस्तो अभियान चलाएको हो ।

यो अभियानअर्न्तगत नारायणगढदेखि डन्डासम्म सञ्चालन हुने छोटो दुरीका ५० वटा बसका चालकलाई डस्टबिन प्रदान गर्दै यसको औपचारिकरुपमा सुरुआत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

यो अभियानअर्न्तगत जिल्लाभर सञ्चालन हुने सवारीमा अनिवार्य डस्टबिन राख्न प्रहरीले आग्रह गरेको छ । किसान कृषि सहकारी संस्था र मोटोरोल कम्पनीको सहयोगमा सुरु भएको अभियानलाई निरन्तरता दिन चालक र यात्रुलाई सचेतना प्रदान गरिएको छ ।

सार्वजनिक बसमा सवार यात्रुले बसमा डस्टबिन नहुँदा सडकमा नै फोहोर फाल्ने प्रवृत्तिको कारण सडक कुरुप देखिएको भन्दै यस्तो अभियान सञ्चालन गरिएको हो । अब नियमित रुपमा सवारीमा डस्टबिन भए/नभएको जाँच गर्ने र यात्रुले पनि जथाभावी फोहोर फालेमा सम्झाइबुझाइ गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले बताए । स्वच्छ सडक अभियानको सुरुआत प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठबाट भएको थियो ।

Related Post

Leave A Comment