विश्व वेपत्ता विरुद्धको दिवस —हरेक वर्ष घाउ बल्झाउने काम मात्रै हुन्छ । - Nepal Frontline
Latest
img

विश्व वेपत्ता विरुद्धको दिवस —हरेक वर्ष घाउ बल्झाउने काम मात्रै हुन्छ ।

यामु कुमाल –
नवलपुर- द्वन्दबाट प्रभावितहरुको विषयमा राज्य अझै संवेदनशील नभएको बेपत्ताका परिवारहरुले बताएका छन् । अन्तराष्ट्रिय वेपत्ता विरुद्धको दिवस , दिवसमा मात्र सिमित रहेको कावासोती निवासी पार्वती सिग्देलले बताउनु भयो । बुधबार नवलपुरको सदरमुकाम कावासोतीमा अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिसवको अवसरमा आयोजित कार्यक्रम उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्ने वेपत्ताका परिवारले आफूहरुलाई राज्यले वेवास्ता गरेको र वेपत्ता भएका व्यक्तिको बारेमा नेपाल सरकार संवेदनशील नभएको भन्दै हरेक वर्ष दिवस मनाएर घाउ बल्झाउने काम गरेको देवचुलीकि इन्द्रमाया श्रेष्ठले बताउनु भयो ।

दिवस मनाइरहदा सरकारबाट विभिन्न आवश्वासन दिने तर, कार्यान्वयन भने नभएको वेपत्ताका परिवारहरुको गुनासो छ । आफूहरुलाई सहानुभूति होइन , न्याय चाहिएको उनीहरु बताउछन् । वेपत्ता भएकाहरुको खोजी कार्यमा सरकार सधै उदासिन रहेको उनीहरुको आरोप छ । नवलपुर जिल्लामा वेपत्ता भएकाको सूचीकृत १७ जना छन् ।

बुधबार जिल्ला समन्वय समितिको हलमा द्वन्द्वपीडित संजाल नवलपुरको आयोजना कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले द्वन्दकालमा वेपत्ता भएका पिडित परिवारलाई आफ्नो तह र तप्काबाट पुर्णरुपमा पिडितको घाउमा मलम लगाउने कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शकुन्तला लम्साल,सदस्य शरु पाठक, नेपाल रेडक्रस शाखा नवलपुरका कोषाध्यक्ष वेद प्रसाद न्यौपाने, विजय विकास स्रोत केन्द्रका नर्मदा पाण्डे सहित वेपत्ता,द्वन्द प्रभावित र शहिद परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Related Post

Leave A Comment