भाद्र २८, २०८० बिहिबार
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरको आज अन्त्येष्टि गरिँदै छ । हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरिर हिजो एमाले पार्टी कार्यालयबाट घर लगिएको थियो ।नेम्वाङको आज अन्त्येष्टि गर्ने दिन सरकारले देशभर सार्वजनिक विदा पनि दिएको छ । संविधान सभाका अध्यक्ष समेत भएका नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका अन्त्येष्टि हुने भएको छ ।अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले अनुरोध गरेको छ । शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।
Leave A Comment