बालसंरक्षण कोषमा गैँडाकोट ईंग्लिस स्कूलको १ लाख सहयोग - Nepal Frontline
Latest
img

बालसंरक्षण कोषमा गैँडाकोट ईंग्लिस स्कूलको १ लाख सहयोग

गैँडाकोट- गैँडाकोट वाड नं. १ को बाल संरक्षण कोषमा गैँडाकोट ईंग्लीस स्कूलले थप पचास हजार सहयोग गर्ने भएको छ । बालबालिकाको हितका लागि सञ्चालनमा रहेको कोषमा थप ५० हजार थप्ने गैँडाकोट ईंग्लीस स्कूलका प्रिन्सिपल हिरालाल अर्यालले बताउनुभयो । उहाँले वडामा बालबालिकालाई खेलकुद सामग्री वितरण कार्यक्रममा सहयोग रकम थप गर्ने घोषणा गर्नुभएको हो । गैँडाकोट  ईंग्लीस स्कूलले यस अघि ५० हजार सहयोग गरिसकेको छ । यस कोषमा यस विद्यालयको सहयोग रु १ लाख पुगेको छ । बालमैत्री वडा निर्माण र यसको निरन्तरताका लागि विद्यालयको सधैँ आवश्यक सहयोग रहने विद्यालयका प्रिन्सिपल अर्यालले बताउनुभयो ।

बालबालिकाले भैलो खेलेको रकम र विभिन्न व्यक्तिको सहयोग संकलन गरि यस कोषको स्थापना गरिएको थियो । यस अघि यस कोषमा सरस्वती निकेतन स्कूलले रु ३५ हजार, गैँडाकोट नगरपालिकाबाट २ लाख ५० हजार सहयोग प्राप्त भइसकेको निवर्तमान वडा अध्यक्ष एवं बालसंरक्षण समिति संयोजक हरिप्रसाद सापकोटाले बताउनुभयो ।

आगामी वर्ष सम्ममा यस कोषमा रु १० लाख पु¥याउने वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीको प्रतिवद्धता रहेको छ । वडा भित्रका आपतकालिन एवं जोखिम अवस्थामा रहेका बालबालिकाहरुलाई तत्काल संरक्षण, उद्धार, राहत तथा बालबालिकाको हकहितको संरक्षण र सम्बर्धनका लागि यस कोषको स्थापना भएको वडा अध्यक्ष रेग्मीले बताउनुभयो ।

हालसम्म यस कोषमा ६ लाख रकम पुगेको बालमैत्री अभियन्ता जगन्नाथ उपाध्यायको भनाइ छ । १० लाख रकम पुगेपछि त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट विभिन्न समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने कुरा कार्यविधि रहेको बालमैत्री अभियन्ता उपाध्यायले बताउनुभयो । बालसंरक्षण समितिका अध्यक्ष, सदस्य सचिव (वडा सचिव) र एक जना सदस्य गरि तीन जनाको नाममा कोषको रकम संकलन गरिएको छ । हाल हरिप्रसाद सापकोटा, जगन्नाथ उपाध्याय र वडा सचिव पदमप्रसाद अधिकारीको नाममा कोषको रकम संकलन गरिएको छ ।

Related Post

Leave A Comment