धानखेती छोडेर फूलखेतीतर्फ किसानहरु, सयपत्री फूलबाट लाखौँ आम्दानी - Nepal Frontline
Latest
img

धानखेती छोडेर फूलखेतीतर्फ किसानहरु, सयपत्री फूलबाट लाखौँ आम्दानी

पवित्रा पराजुली

गैँडाकोट । तिहार आउन दुई साता बाँकी हुदाँ बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ । प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ ।फुल खेतीबाट किसानले राम्रो आम्दानी समेत गरेका छन् ।

गैँडाकोट १ का लक्ष्मि चालीसेले ५ कठ्ठा लगाएको सयपत्री फुल ढकमक्क फुलेको छ । बिहानबेलुका लक्ष्मी यिनै फुलको गोडमेलमा सयम बिताउनुहुन्छ । फुलखेतीबाट राम्रो आम्दानी हुन थालेपछी चालिसेले धान खेती छोडेर फुल व्यवशाय सुरु गर्नुभएको हो । तिहारका लागि फुलको माग हुन सुरु भइसकेको छ । यसबर्ष एकलाखसम्म आम्दानी गर्ने लक्ष्य लक्ष्मीको छ ।

नवलपुर जिल्लामा पछिल्लो समय व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । कावासोतीका ६८ बर्षिया विष्णु पोख्रेलको दैनिकी अहिले फूल बगैचामा बित्नेगरेको छ । बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपंक्षी कृषि फर्म दर्ता गरी पोख्रेलल फूल खेती सुरु गर्नुभएको हो । तिहारका लागि सयपत्री सगैँ अन्य फुल पनि ढकमक्क फुलेका छन् ।

कावासोती –९ मा १६ कठ्ठा जग्गा भाडामा लिएर सामूहिक फूल खेती गरिएको छ । ८० हजारको लगानीमा गरिएको फूल खेतीबाट यो बर्ष फूल बिक्री गरेर पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य किसानको छ । गाउँ ठाउँमा फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्न उद्देश्यले फुल खेती सुरु गरीएको बाबु केसीको भनाई छ । फूल विक्रीबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्ने योजना समेत समुहको छ ।

सयपत्री फुलको किन्नको लागी अन्य जिल्लाबाट समेत ग्राहक आउने गरेका छन् ।नवलपुर जिल्लाको गैँडाकोट, कावासोती, देवचुली, हुप्सेकोट लगायतका क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारी बताउँछन् ।

Related Post

Leave A Comment