बुढेसकालमा धर्मकर्म गर्ने पैसा, विद्यालयमा सहयोग - Nepal Frontline
Latest
img

बुढेसकालमा धर्मकर्म गर्ने पैसा, विद्यालयमा सहयोग

गैँडाकोट । समाजमा अझै पनि सतपात्रको कमी छैन् । बुढेसकालमा धर्म गर्न बचत गरेको पैसा विद्यालयलाई सहयोग गर्ने गैँडाकोट १५ निवाशी नन्दकुमारी खत्री आमाको जति प्रशंसा गरेपनि कम होला । आफ्नै गाउँका बालबालिका पढ्ने सरस्वती मन्दिरको रुपमा रहेको बालउदय आधारभूत विद्यालयको शैक्षिक सुधारका लागि नन्दकुमारी खत्री, उहाँका छोरा दिलु खत्री र बुहारी नविना खत्रीले ५० हजार सहयोग गर्नुभएको छ ।
बुढेसकालमा धर्म गर्नका लागि अलि अलि गरि बचत गरिएको रकम साना बाबुनानीको शिक्षण सुधारमा लगाउन पाउँदा पशुपति नाथ भगवानको दर्शन गरे बराबर आनन्दको अनुभूति भएको सहयोगी आमा नन्दकुमारी खत्रीले बताउनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले, प्राप्त भएको सहयोगले विद्यालयका बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बालउदय आधारभूत विद्यालय गैँडाकोट १५ झराही खोला नजिक रहेको छ । जहाँ निम्न आए भएका परिवारका बालबालिकाहरु पठनपाठन गर्दछन् । गैँडाकोट नगरपालिकाले कक्षा ५ सम्म निशुल्क शिक्षा भनेर नीति त बनायो तर प्रयाप्त दरबन्दी नभएका, विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएका विद्यालयहरुका लागि विद्यालय सञ्चालन पछिल्लो समय धौधौ हुन थालेको छ ।

Related Post

Leave A Comment