Latest
img

सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारीको २९ औं साधारण सभा सम्पन्न

गैँडाकोट – सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीका लागि संस्था प्रतिवद्ध रहेको जनाएको छ ।

संस्थाको  २९ औ वार्षिक साधारणसभा सभामा बोल्दै संस्थाका अध्यक्ष हरिराम सापकोटाले सभ्य र समृद्ध समाज निर्माणका लागि सक्षम र उत्कृष्ट वित्तीय संस्था बनाउने परिकल्पना गरिएको बताउनुभयो ।

३ हजार ४ सय ९३ सदस्य रहेको संस्थामा कूल सम्पत्ति करिब १५ करोड २० लाख रहेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सहकारीहरु ऐन, विधि र प्रविधि अनुसार नचल्दा सेयर सदस्यले दुःख पाउने गरेको बताउँदै यस्तो परिस्थिती नआउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

गैँडाकोट भित्र रहेका सहकारीमा हालसम्म कुनै समस्या नरहेको र समस्या आउने वातावरण नबनाउन पनि उहाँले सुझाव दिनुभएको छ ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक सचिव गिरिराज लम्सालले आगामी दिनमा संस्थाका सेयर सदस्यहरुको आर्थिक आत्मनिर्भरताका लागि घरेलुु तथा लघु उद्योग सञ्चालन गर्ने, सहकारी शिक्षा, शिविर, प्रोत्साहन कार्यक्रम गर्ने लगायतको योजना रहेको बताउनुभयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष ईश्वर रिमालले संस्थाको खुद मुनाफा ५७ लाख ९५ हजार १ सय ९ रुपैयाँ रहेको बताउनुभयो । सहकारीको कुल आम्दानी २ करोड १ लाख ५३ हजार ४ सय ४३ रुपैयाँ रहेको बताउनुभयो ।

कार्यक्रम लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक वेदप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै ऋण उपसमितिको प्रतिवेदन संस्थामा संयोजक श्रीराम बरालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, संस्थाका पूर्व अध्यक्ष छविलाल कंडेल, श्रीनिवास पौडेल, गैँडाकोट नगरपालिकाको आर्थिक विकास तथा सहकारी शाखा प्रमुख देवेन्द्रराज गौतम, सहकारी समन्वय मञ्च गैँडाकोटका सचिव बाबुराम खनाल, गोपेश्वर शिवालय मन्दिरका अध्यक्ष वेदप्रसाद गौडेल लगायतले सहकारीलाई प्रविधि मैत्री र उत्पादनमुखी बनाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गणेश उपाध्यायले प्रस्तुत गर्नुभएको थियोे । साधारण सभामा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न विधामा सम्मान गरिएको थियो ।

Related Post

Leave A Comment