Latest
img

कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या

नवलपुर- पूर्वी नवलपरासीको हुप्सकोट गाउँपालिका ६ बिरुखर्कमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या गरेका छन । बिरुखर्कको ३३ वर्षिय शेर बहादुर लम्का मगरले राती १ बजेको समयमा श्रीमती ३४ वर्षिय चनिसरा लम्का मगरलाई सुतिरहेको अवस्थामा कोदालो र खुर्पा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । मृतक मगर गर्भवती रहेको र कोदालो,खुर्पा सहित शेर बहादुर लम्का मगरलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related Post

Leave A Comment