Latest
img

कावासाेतीका दुई स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

नवलपुर- नवलपुरकाे कावासाेती नगरपालिकाले नगर भित्रका दुईवटा स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।पिठाैली स्वास्थ्य चाैकी र कुमारवर्ती स्वास्थ्य चाैकी एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हाे।

दुई स्वास्थ्य चाैकीकाे मातहतमा संचालन हुने एम्बुलेन्सबाट बिरामीलाई आवश्यक परेको अवस्थामा सेवा लिन सहज हुनेछ । कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल सहित उप प्रमुख फूल कुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पाैडेलले आज सम्बन्धित वडाका वडा अध्यक्ष , स्वास्थ्य चाैकी प्रमुखलाई एम्बुलेन्सकाे साचो , कागजपत्र हस्तान्तरण गरेेकाछन्।
नगरपालिकाले ४० लाख २० हजार एकसय रुपैयाँमा दुईवटा एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हाे ।

Related Post

Leave A Comment