कावासोती- पुर्बी नवलपरासीको कावासोती नगरपालिका फलफूलचोक स्थित निर्माणाधिन नालामा माटोको ढिस्कोले पुरिदा ३ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मिनगर बस्ने ५१ वर्षिया सेती राना र सोहि स्थानको २६ वर्षिय तान माया गाहा र ३२ वर्षिय चमेली दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । नगरपालीका द्वारा ढल निकासिको हेम पाईप राख्नको लागी बनाउँदै गरेको निर्माणाधीन नालामा खनेर जम्मा पारेको माटोको ढिस्को खस्न गई काम गरिरहेका मजदुर पुरिएको प्रहरीले जनाएको छ । पुरिएका ३ जना मध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए भने एक जनाको पुरिएकै अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
Leave A Comment