Latest
img

नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) ।नवलपरासी पूर्वमा सबल केन्द्र स्थापना भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्त रुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरू खुशी भएका हुन् । अरुको साहारा विना हिडडुल गर्न समस्या हुनेहरु कृतिम हात तथा खुट्टा पाएपछि भने आत्मनिर्भर भएका छन् । लम्जुङका २७ वर्षिय विकास तामाङको जन्मदा नै बाया खुट्टा थिएन । हिडडुल गर्न समस्या हुदा जीवन देखि नै निराश लागेको विकास बताउनुहुन्छ । २०७५ साल माघ ३ मा सहज अस्पताल गैडाकोट र चौधरी फाउण्डेसनले राखेको कृतिम हात खुट्टा जडान शिविरमा उहाले खट्टा राख्नुभयो ।

खुट्टा नभएर केही गर्न सकिन्न की भनेर निरास हुनभएको उहाले अहिले कृतिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिकी चलाउँदै आउनु भएको छ ।  अरुको साहारामा हिड्नुपर्ने विकास अहिले मध्यविन्दु जिल्ला अस्पताल सि.जी सवल केन्द्रमा कृक्रिम हातखुट्टा बनाउने र जडान गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक अभावका कारण संचालनमा आउन नसकेको सवल केन्द्रलाई मध्यविन्दु जिल्ला अस्पताल र चौधरी फाउण्डेसनको सहकार्यमा २०७८ फागुन १८ गतेबाट संचालनमा ल्याईएको हो । दुर्घटना भएर वा अन्य कुनै समस्याका कारण हातखुट्टा गुमाएका ८४ जनाले अहिलेसम्म सवल केन्द्रबाट कृतिम हात तथा खुट्टा जडान गरेको सवल केन्द्रका फोकल पर्सन दिपक सिं केसीले बताउनुभयो । यहा देशको विभिन्न जिल्लाबाट कृतिम हात तथा खुट्टा लगाउन आउने गर्दछन । चौधरी फाउण्डेसनले भगवान महावीर विकलाङ्ग सहायता समिति र भारतीय दुतावास सँगको सहकार्यमा नेपालमा कृतिम हात खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । कृतिम रुपमा जडान गरिएको अंगले आत्मविश्वास संगै स्वरोजगार बन्न सहयोग पुगेको सिजी सवल केन्द्रमा सेवा लिनेहरुले भनाई छ ।

Related Post

Leave A Comment