नारायणी नदी किनारमा तीन वटा बेबारिसे शव फेला - Nepal Frontline
Latest
img

नारायणी नदी किनारमा तीन वटा बेबारिसे शव फेला

नवलपुर- पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका १ स्थित नारायणी नदी किनारमा तीन वटा बेवारिसे शव फेला परेको छ । मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनामा दुई पुरुष र एक महिलाको सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।

हाल सम्म सनाखत नभएका अन्दाजी ६० वर्ष र ४५ वर्ष उमेर जस्तो देखिने दुई वटा पुरुषको शव र अन्दाजी ४५ वर्ष उमेर जस्तो देखिने एक वटा महिलाको शव भेटिएको पौडेलले जानकारी दिनु भयो ।

नारायणी नदीमा आज विहान माछा मार्न गएका माझिहरुले शव देखे पछि प्रहरीलाई खवर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जनाइएको छ ।

 

 

Related Post

Leave A Comment