Latest
img

नेपाल प्रहरीले कावासोतीमा पेट्रोल पम्प खोल्ने

कावासोतीमा-नेपाल प्रहरी कल्याण महाशाखाले  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी सप सहितको अत्याधुनिक पम्प निर्माण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नाममा रहेको २२ कठ्ठा जग्गामा प्रहरीले पम्प खोल्न लागेको प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) टेक प्रसाद राईले बताउनु भयो ।
“कुल १० करोड ९९ लाख ५४ हजार एक सय ६५ लागत रकम रहेको यो पेट्रोल पम्प अगामी २०८२ भदौ २ गते निर्माण सम्पन्न हुने छ”,उहाँले भन्नु भयो,“पूर्वपश्चिम राजमार्ग सँगै जोडिएको हुनाले जनतालाई धेरै सहज हुने अपेक्षा लिएका छौ ।”
बगैँचा र पर्याप्त गाडी पार्किङ क्षमता सहित निर्माण हुने यो पम्प नेपालकै नमुना हुने प्रहरी अतिरिक्त महानिरीक्षक राईले जानकारी दिनु भयो । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको बजेटमा निर्माण गरिने पम्पले जनतालाई सहुलियतरुपमा सेवा दिने राईले बताउनु भयो । “अत्याधुनिक पम्पको रूपमा निर्माण गर्न लागिएको हुँदा यहाँ पेट्रोल पम्प सहित इभी चार्जिङ स्टेसन, कफी सप, गाडी मर्मत केन्द्र, पार्क लगायतका सुविधाहरू रहने छन्”,उहाँले भन्नु भयो ।

Related Post

Leave A Comment