अषोज १२, २०८१ शनिबार
काठमाडौँ — देशभरका १०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाहको लागि सञ्चालन गरेको फेसबुक पेज- ‘नेपाली बाढी सूचना’ उक्त जानकारी दिएको हो ।
सामाजिक सञ्जालमा राखिएको सूचना अनुसार बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियल टाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ।
विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि. मि. भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।
शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।
Leave A Comment