कार्तिक १३, २०८१ मंगलबार
प्रकाश रेग्मी
पूर्वी नवलपरासी- पूर्वी नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामत गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको अनुगमन गरेको छ । सो क्रममा आज प्लाष्टिकका माला बरामत गरेको हो । अनुगमनको क्रममा अटेर गरेर प्लाष्टिकका माला विक्री गर्न राख्नेहरुको मालाहरु जफत गरिएको मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं अनुगमन संयोजक बिष्णु शर्माले बताउनुभयो । कार्तिक ८ गतेको कार्यपालिका बैठकले स्थानिय उत्पादित फूलका मालहरु प्रयोग गर्ने अनुरोध गर्दै यस्तो निणय गरेको हो शर्माले जानकारी दिनु भयो । मध्यविन्दु नगरपालिकाले कार्तिक ११ गते सुचना जारी गरी मध्यविन्दु नगर भित्र प्लाष्टिकका माला विक्री वितरणमा रोक लगाएको थियो ।
Leave A Comment