Latest
img

घरमै सामाजिक सुरक्षा भत्ता पाउदा जेष्ठ नागरिक खुसी

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । गैडाकोट नगरपालिका ३ केलादीको सुनमाया थापा (८९ वर्षिय) सामाजिक सुरक्षा भत्ता घरमै पाउदा निकै खुसी हुनुहुन्छ । वडा अध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिडिमा बस्नुभएकी सुकमायांले पहिले वैकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गर्नुभयो । उहा भन्नुहुन्छ“विरामी हुदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहि कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उहा मुटुको विरामी हुुनुहुन्छ, हातगोडा दुख्ने र हिड्न निकै समस्या हुने गर्छ । साझ विहान घरको आगनमा हिडडुल गरेपनि लामो दुरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उहाले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसी भन्दा पनि वैकंमा लाइन बस्नुपर्ने, घन्टौ लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिनहरु स्मरण गर्दै सुकमायांले भन्नुभयो “ २०७४ को निर्वाचन पछि जनप्रतिनिधिले घरमै भत्ता ल्याईदिएका छन, धैरे सहज भएको छ । ”

जन्मजात नै आखाँ नदेख्ने ७० वर्षिक भिममायाँ भुजेललाई बैकंसम्म आउन दुई घण्टा भन्दा बढि समय लाग्ने गर्छ । पैदल हिडेर जानुपर्ने बाध्यता अर्को तर्फ शारिरीक अशंक्तताका कारण झन बढि जोखिम भएको भन्दै भिममायां भन्नुहुन्छ“समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउदा सुरक्षित महसुस भएको छ, मलाई निकै खुसी लागेको छ । ”

७९ वर्षिय सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जादाको अनुभव पनि भिममायांको जस्तै छ । वर्षामा रुझ्दै होस वा घण्टौ पैदल हिडेर बैक पुग्दा काम नबनेर फर्किनुपरेको दिनहरु सम्झनुहुन्छ । उहां भन्नुहुन्छ“समय संगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यहि रैछ ।”

वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब ९ किलोमिटर उत्तरमा पर्दछ । तनहु देवघाटको किनार देखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोके्रफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीहरुलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहु हुदै गैडाकोट आउनुपर्ने बाध्यतामा रहेको छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधी आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन ।


सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनको लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडाबासीहरुलाई निकै कठिन छ । त्यसमध्ये जेष्ट नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरु भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडा अध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको जेष्ठ नागरिकहरु बताउछन ।


भौगोलिक विकटताका कारण बैकसम्म आउनको लागि घण्टौको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक जेष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । वडामा सामाजिक सुरक्षा भत्ता लिने २ सय ३२ जना नागरिक छन । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौ समय लाग्ने मात्रै होइन बैकं सम्म आएर घर फर्किदा एक हजार देखि पन्ध्र सय सम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भन्नुभयो “वडाबासीलाई सहजता होस भनेर नै २०७४ सालमा निर्वाचित हुदा देखि शुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु । ”

Related Post

Leave A Comment