मीना कंडेल
कावासोती( नवलपुरको कावासोतीमा शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि जिल्ला स्तरीय वक्तृत्वकला भएको छ । शिक्षक तथा विद्यार्थीमा अन्र्तनिहित क्षमताको पहिचान गरि प्रस्फुटन र विकास गर्ने मुख्य उद्धेश्यका साथ दुइ दिने कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण पौडेलले बताउनु भयो । आठ स्थानीय तहबाट छनोट गरि शिक्षक तथा विद्यार्थीका लागि वक्तृत्वकला, शिक्षक हाजिरीजवाफ, विद्यार्थी नृत्य गरि चार विधामा कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । जसमध्य गैडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका एक।एक शिक्षक तथा विद्यार्थीले वक्तृत्वकलामा सहभागीता जनाएका छन् भने हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकाको सहभागीता नभएको जनाइएको छ ।नतिजा सुधारमा शिक्षकको भूमिका शिर्षक शिक्षक वक्तृत्वकलामा भीमसेन आर्दश मावीका शिक्षिका कृष्ण कला काफ्ले प्रथम स्थान हासिल गर्नु भएको छ । त्यसैगरि जनता मावि कावासोती डण्डाका रामचन्द्र दाहाल द्धितिय र नारायणी मावि गैडाकोटका जगनाथ उपाध्याय तृतिय हुनु भएको छ । यसैगरि विद्यार्थी वक्तृत्वकलाका लागि जेष्ठ नागरिकप्रति मेरो दायित्व शिर्षकमा त्रिभुवन बालमावि कावासोती १७ का संस्कृति पौडेल प्रथम हुनु भएको छ ।
नवलपुर आवासीय मावि मध्यविन्दुका हिमासीं भण्डारी द्धितिय र नेपाल मावि देवचुलीका सुदिप पोख्रेल तृतिय हुनु भएको छ । जिल्लामा प्रथम हुने शिक्षक र विद्यार्थीले प्रदेशस्तरीय वक्तृत्वकलामा भाग लिन पाउने सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख पौडेले बताउनु भयो ।कार्यक्रममा वोल्ने वक्ताले शिक्षकले पाठय्क्रममा रहेर अध्ययन गराउनुपर्नेमा जोड दिएका छन् । विद्यार्थीलाइ सर्टिफिकेटमा मात्र धेरै नतिजा ल्याउन प्रेरित गरेर नहुने भन्दै व्यावहारीकतामा नतिजा उत्कृष्ठ बनाउन योजना बनाएर लाग्नुपर्ने गैडाकोटका शिक्षक जगनाथ उपाध्यायले बताउनु भयो । शिक्षक तथा विद्यार्थीले किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले अतिरिक्त कार्यक्रम हुनु आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।
हरेक तवरमा शिक्षा आवश्यक रहेता पनि बाहिरी ज्ञान छैन भने यसले व्यवहारमा उर्तान नसक्ने भन्दै किताव सगै अन्य ज्ञान, क्षमता र सीप आवश्यक रहने प्रमुख श्रेष्ठको भनाइ छ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले शिक्षक र विद्यार्थी विचको सम्बन्ध लाई प्रगाढ बनाउन अतिरिक्त क्रियाकलापमा सगसगै गर्नुपर्ने बताउनु भयो । आफु बलेर अरुलाई उज्यालो छर्ने मैन जस्तो शिक्षक भएकाले विद्यार्थीको भावना अनुसार सिकाइ गराउनुपर्ने बताउनु भयो । सामाजिक विकास कार्यालयले आयोजनामा भएको शिक्षक हाजिरीजवाफ, विद्यार्थी नृत्य भने १९ गते गरिने आयोजकले जनाएको छ
Leave A Comment