Latest
img

बालमैत्री नगर बनाउन अभिमुखीकरण

कावासोती नगरपालिकालाई बालमैत्री घोषणा गर्नको लागि बाल अधिकार, बालमैत्री स्थानीय शासनको विषयमा अभिमुखीकरण कार्य क्रम लाई अगाडि बढाइएको छ ।
शनिवार कावासोती वार्ड नम्बर ९ मा वडास्तरीय बालक्लवका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कावासोती नगरपालिकाले चालु आर्थिक वर्षमा २ वटा वार्डलाई बालमैत्री घोषणा गर्ने गरी वडास्तरमा कार्यक्रमहरु गरिरहेको छ । किशोरी शसक्तिकरण कार्यक्रम र कावासोती नगरपालिकाको सामाजिक विकास शाखाको समन्वयमा बाल क्लबका पदाधिकारी सरोकारवालाहरुलाई अभिमुखीकरण गर्दै आएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, किशोरी अभियन्ता आशा वि.क र मान्सु न्यौपानेले कार्यक्रममा बाल अधिकार,बालमैत्री स्थानीय शासन, बाल क्लवको महत्व र वार्डलाई बालमैत्री निर्माण गर्न बाल क्लवको भुमिकाको विषयमा सहजिकरण गर्दै गर्नुभएको थियो ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवि बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनुभएको थियो ।
वडा नम्बर ९ को वडा स्तरिय बाल क्लव संजालका अध्यक्ष रश्मि खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष जगदिश खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य रेश्मि परियार, वडा सदस्य डम्बर महतो, सुनिल महतो सहित वडा स्तरीय र टोल स्तरिय बालक्लवका पदाधिकारी र बालवालिकाहरुको उपस्थिती रहेको थियो ।

 

Related Post

Leave A Comment