Latest
img

निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गरि छाड्छु: शशांक कोइराला

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । पूर्वी नवलपरासीको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शशांक कोइराला विजयी हुनुभएको छ । डा. कोइराला यस क्षेत्रबाट चौथो पटक निर्वाचित हुनुभएको छ । २०६४,०७०,०७४ र अहिले गरी निरन्तर नवलपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको हो ।
डा. कोइरालाले नेकपा एमालेका कृष्ण पौडेललाई २ हजार २० मतान्तरले पराजित गरी विजयी हुनुभएको छ । डा.कोइरालाले २७ हजार ६७ मत ल्याउदा नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४७ हजार मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ मत ल्याउनुभएको छ । विजयी भएपश्चात प्रतिक्रिया दिदै डा. कोइरालाले अब गठबन्धनको स्थायी सरकार बन्ने दावि गर्नुभयो । विगतका अधुरा योजनाहरुलाई पुरा गर्दै अगाडि बढ्ने भन्दै अहिलेको निर्वाचनमा नयां दलहरुले चुनौती बढाएको बताउनुभयो ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले आफुले निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गरि छाड्ने बताउनु भएको छ । विजयी घोषणा पछि सञ्चारकर्मीहरु संग प्रतिकृया दिदै कोइरालाले अबको पाँच बर्षमा ठुला आयोजनाहरु पुरा गर्ने दावी गर्नु भयो । जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तरास्ट्रिय खेलमैदान बनाई छाड्ने उहाको दावी छ । “चार पटक जनताले यहिँ ठाउँ वाट जिताएर पठाउनु भएको छ पक्कै मेरो काम मन पराउनु भएको होल”उहाले भन्नु भयो “अब पनि जनताको विचमा नै रहेर वाकीँ काम गर्छु ।”
साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताउनु भयो । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा देखी गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उहाले भन्नु भयो ‘यो गठबन्धन पाँच बर्ष सम्म रहन्छ, हामि मिलेर काम गर्छौ ।’
युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उहाले बताउनु भएको छ । ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था छ ।’

 

Related Post

Leave A Comment