Latest
img

गैँडाकोट इङग्लीस स्कूलमा स्क्र्याबलको महाकुम्भ

गैँडाकोट इङग्लिस स्कूलमा आज ८ औं राष्ट्रिय स्क्र्याबल खेल प्रतियोगितामा हुँदै छ । स्क्र्याबल क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा १७ जिल्लाका उत्कृष्ट प्रतिष्पर्धीहरुको सहभागिता रहने छ । प्रतिष्पर्धीहरु शनिबारको खेलका लागि उत्सुक रहेका छन् ।

पाथिभारा इङग्लिस बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत छात्र चन्द्रप्रकाश गिरीले ३ बर्षदेखी स्क्रयाबल खेल खेल्दै आउनुभएको छ । विगत ३ वर्षदेखि विभिन्न प्रतिष्पर्धाहरुमा उहाँले सहभागिता जनाउँदै आउनुभएको छ । उहाँ अहिले गैँडाकोट १ मा रहेको गैँडाकोट इङग्लिस स्कुलमा हुन गैइरेको राष्ट्रिय स्क्रयाबल खेल प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित देखीनुहुन्छ । स्क्रयाबल खेल खेल्दा नयाँ–नयाँ शब्दहरुको ज्ञान हुने उहाँको भनाई छ ।

क्रिएटिभ एकेडेमीका विद्यार्थी प्रियान्सु ठाकुरले ६ महिना अघि स्क्रयाबल खेल खेल्न सुरु गर्नुभएको थियो । स्क्रयाबल खेल रोचक र विभिन्न नयाँ शब्द चयन गर्न सकिने उहाँ बताउनुहुन्छ । स्क्रयाबल खेलका लागि शिक्षकले प्रेरित गर्नुभएको र आफुलाई पनि मन पर्दै गएको उहाँको भनाइ छ । समय–समयमा स्क्रयाबल खेल प्रतियोगिता आयोजना गर्नुपर्ने उहाँको सुझाब छ । यसले विद्यार्थीमा बौद्धिकता बढ्दै जाने ठाकुरको बुझाइ छ ।

गैँडाकोट इङग्लिस स्कुलका प्लस २ का कोर्डिनेटर तथा स्क्रयाबल खेल प्रतियोगिताका शिविर निर्देशक अर्जुन पाण्डेले ८ औं राष्ट्रिय स्क्रयाबल खेल प्रतियोगिताले विद्यार्थीमा उत्साह थपेको बताउनुभयो । स्क्रयाबल खेलले विद्यार्थीहरुलाई शब्दको बारेमा जानकारी हुने साथै आन्तरिक ज्ञान प्राप्त हुने पाण्डेको भनाइ छ ।

गँैडाकोट ईंग्लीस स्कूलले केही वर्ष यता यस खेलको प्रवर्धन गर्ने कार्य गर्दै आएको छ । विगत ५ बर्ष देखी नवलपुर जिल्लामा जिल्ला स्तरीय स्क्रयाबल खेल प्रतियोगिता गर्दै आएको गैँडाकोट इङग्लिस स्कुलका प्रधानाध्यापक हिरालाल आर्यालले बताउनुभयो । उहाँले राष्ट्रिय स्क्रयाबल खेल प्रतियोगिताको तयारी बिद्यालयमा पुरा भएको बताउनुभयो । स्क्रयाबल खेलले अङग्रेजी शब्द सिक्न र चयन गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको दिन भाषा शिक्षकहरुका लागि एक दिने तालिमको समेत आयोजना गरिएको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । अमेरिकन राजदुताबास, रिजनल इङ्गलिस ल्याङ्ग्वेज अफिसको आर्थिक सहयोगमा हुने उक्त तालिममा नवलपुर, चितवन, मकवानपुर तथा अन्य जिल्लाका भाषा शिक्षकहरुको सहभागिता रहने उल्लेख गरिएको छ ।

Related Post

Leave A Comment