Latest
img

मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम् भवनको शिलान्यास

रिना चौधरी

गैँडाकोट । गैँडाकोट १ स्थित मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम्को भवनको शिलान्यास गरिएको छ । मौलाकालिका मन्दिरमा पठन पाठन शुरु भईसकेको छ । मन्दिर परिसरमा निर्माणाधीन भवनको भूमि पूजन एवं शिलान्यास धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका प्रधान संरक्षक, नेपाल सन्त समाजका अध्यक्ष तथा श्री हरिहर संन्यास आश्रम, देवघाटधामका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गर्नुभएको हो ।

गुरुकुलम्मा अध्ययनरत विद्यार्थीहरुलाई सहज रुपमा पठन–पाठनको व्यवस्था गर्न मन्दिरको दक्षिणतर्फ भवन बनाउन लागिएको हो । मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिकराम सापकोटाले १ करोड ५० लाखको लागतमा भवन निर्माण हुने बताउनुभयो । उहाँले मन्दिरमा आउने भक्तजनहरुलाई थप सेवा प्रदान गर्न साथै मौलाकालिका धार्मिक सेवा समितिमा रहेको गुरुकुलम्का विद्यार्थीहरुलाई पढ्ने वातावरण राम्रो गराउनका लागि भवन निर्माण गर्न लागेको बताउनुभयो ।

मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम्का संयोजक एवं गैँडाकोट १ का निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटोले १ सय २५ फिट लम्बाईका साथै एक तल्लाको १० कोठे भवन बन्ने बताउनुभयो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट नगरपालिका पर्यटकीय हिसाबले राम्रो क्षेत्र रहेको बताउनुभयो । गैँडाकोट १ स्थित मौलाकालिका मन्दिर र मन्दिरमा रहेको गुरुकुललाई अझ व्यवस्थित गर्नुका साथै यसको विकासका लागि नगरपालिका तत्पर रहने बताउनुभयो । मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम्मा हाल १९ जना अध्ययनरत छन् ।

गुरुकुलमा वैदिक धर्म संस्कृतिको संरक्षणका लागि बेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली गरी ७ वटा विषय अध्यापन हुँदै आएको विद्यापीठका प्राचार्य प्रकाश पराजुलीले जानकारी दिनुभयो । ६ महिनाभित्र भवन निर्माण कार्य सकिने लक्ष्य लिइएको छ । मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम्को निर्माणाधिन भवनको भूमिपूजन कार्यक्रममा जनप्रतिनिधिहरु, धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Related Post

Leave A Comment