Latest
img

नवलपुर मार्ट संघको तदर्थ समिति गठन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)- नवलपुरमा सञ्चालित मार्टहरु संगठित भएका छन् । जिल्लामा सञ्चालित मार्टका सञ्चालकहरुको भेलाले नवलपुर मार्ट संघको तदर्थ समिति गठन गरेको छ । देवचुलीमा बसेको संघको पहिलो बैठकबाट गठित तदर्थ समितिको अध्यक्षमा सुनिल न्यौपाने (देवचुली मार्ट), उपाध्यक्षमा सुरेन्द्र आचार्य (द्विव्य मार्ट), सचिवमा अर्जुन वास्ताकोटी (भिजन मार्ट), कोषाध्यक्षमा सुन्दर पाण्डे (ईमार्ट) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कमल बहादुर पुन (पुनजोय मार्ट), सिलन पराजुली (किसान मार्ट), तारा बहादुर वि.क (एस.आर.मार्ट), जीवन सापकोटा (इजी मार्ट), महेश पौडेल (विजय श्री मार्ट), दिपेन गुरुङ्ग (फेम्ली पोइन्ट मार्ट) रहेका छन् । एक जना सदस्य भने पछि चयन गरिने जनाईएको छ ।  जिल्लामा रहेका मार्टहरुमा आउने समस्यालाई तदारुकताका साथ छिटो भन्दा छिटो समाधान गर्ने गरी समिति गठन गरिएको नवलपुर मार्ट संघका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिनुभयो ।

 

Related Post

Leave A Comment