Latest
img

हुप्सेकोटमा योजना सम्झौता घुम्ती शिविर (भिडियो सहित)

धनु भुसाल
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले वडामै योजना सम्झौता गरेको छ । उपभोक्ता समिति मार्फत सञ्चालन हुने सम्पूणर् योजनाहरु वडा तहमै सम्झौता गर्न घुम्ती शिविर सञ्चालन गरेको हो ।

वडा तहका साना योजनाहरुको सम्झौता गर्न उपभोक्ताहरु गाउँपालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै वडामा घुम्ति शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष पूणर्सिंह रानाले बताउनुभयो ।

आइतवार हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय मौलाथरमा घुम्ति शिविर सञ्चालन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालसहित कर्मचारीको टोलीले उपभोक्ता समितिसँग योजना सम्झौता गरेको हो । गाउँ कार्यपालिका बैठकको निणर्य अनुसार चालु आवका लागि स्वीकृत कार्यक्रम अनुसार योजना सम्झौता गर्न वडामा घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले बताउनुभयो ।

गाउँपालिकाले सुरु गरेको शिविरले बिकट क्षेत्रका उपभोत्ताले योजना सम्झौताका लागि पालिका कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । पहाडी भेगमा पर्ने वडाबाट गाउँपालिकाको कार्यालय पुग्न घण्टौ लाग्छ । स्थानीय सरकार उपभोक्ताको घर दैलामै आएपछि स्थानीयको समय र लागत खर्च कम भएको प्रमुख प्रशासकीय अधिकृत बस्यालले जानकारी दिनुभयो ।

बस्यालका अनुसार अब वडाबासीलाई काम सम्पन्न गरेपछि एक पटक मात्रै गाउँपालिका कार्यालय पुग्ने गरी वडामा घुम्ती शिविर मार्फत सेवा प्रदान गरिएको छ । “उपभोक्ता समितीलाई बारम्बर गाउँपालिका धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ भने खर्च र समयको समेत बचत भएको छ” । गाउँपालिकाको विकट क्षेत्रका स्थानीयको समस्यालाई मध्यनगर गर्दै अन्य वडामा पनि घुम्ती शिविर संचालन गर्ने बस्यालले बताउनुभयो ।

चालु आर्थिक वर्षका कार्यक्रमहरु वडामा नै सम्झौता गरेपछि गाउँपालिकाको केन्द्र झ्यालबास पुग्दा लाग्ने खर्च बचेको उपभोक्ता समितिले बताए । गाउँपालिकामा सम्झौता गर्न जाने दिन बिहान ६ बजे घरबाट हिडेका दिन स्मरण गर्दै वडा नम्बर ६ रमितेका दुर्गा बहादुर नेपाली भन्नुहुन्छ “गाउँपालिकासम्म पुग्न खर्च नहुदा भोक भोकै हिड्नुपर्ने, कागजात कहिले नपुगेर त कहिले नमिलेर पटक पटक जानुपर्ने बाध्यता थियो ।”

रमिते खानेपानीको लागि योजना सम्झौता गरेपछि खुसी हँुदै नेपालीले भन्नुभयो ‘गाउँपालिकाकाले स्थानीयको समस्या बुझेर सञ्चालन गरेको घुम्ति शिविरले उपभोक्ता समितिलाई धेरै सहज भयो । अब भुक्तानीको लागि मात्रै गाउँपालिका कार्यालय पुगे हुन्छ ।’

चालु आर्थिक वर्षको लागि वडामा ५७ लाख हजार बजेट विनियोजन भएको छ । सोही अन्तरर्गत वडा तहका खानेपानी, सडक, खेल मैदान लगाएका विभिन्न योजना सम्झौता भएको वडा अध्यक्ष छम बहादुर सोमै मगरले जानकारी दिनुभयो ।

https://youtu.be/fGVtjdLPDQI

 

Related Post

Leave A Comment