Latest
img

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती (भिडियो सहित)

मध्यविन्दु-भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका ४ सिंचाङ्गका स्थानीयहरु दंग छन । कुनै समय बाझो जमिन, झाडिले बारी छुट्टाउन नमिल्ने, सिंचाइ सहितका विविध समस्याहरु झेलेका स्थानीय अहिले भने मिहेनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ भन्नेमा विश्वस्त भएका छन । निर्वाहमुखी खेती गर्दै आएका यहाँका स्थानीयहरु रहरलाग्दा कागतीका बोटहरु देखेर व्यवसायिक रुपमा कागती, सुन्ताला लगाउने योजना बुनेका छन् । देवचुली नगरपालिकाका दिपक चापागाई र देवि भुसालले वि.सं.२०७६ सालमा लगाएको कागतीले फुल खेल्न थालेपछि भिराला जमिनहरु हरियाली देखिएको छ । खेती उब्जनी भएन भनेर छोडेका, झाडिले भरिएका पाखाहरु कागतीका बोटहरुले भरिएपछि स्थानीयहरुमा अब बाझो जमिन नराख्ने भन्ने सोच आएको हो ।

४५ वर्षिय टिकिसरा थापा मगरलाई पहिले झाडि भएको जग्गामा किन खेती गर्न लागेको होला भन्ने लागेको थियो । भिरालो जमिनमा मल, जल नअडिने हुदा बाली लगाउन समस्या भएपछि बारीहरु बाझै छोडने गरेको थापाले बताउनु भयो । “एक वर्षमा आधा वर्ष यहाँ भएको उब्जनीले खान पुग्र्दैन, कुखुरा, बाख्रा, बंगुर बेचर खानुपर्छ, आम्दानीको स्रोत भनेको नै यहि हो” उहाँले भन्नु भयो “अब डाडापाखाको जमिनमा पनि मिहेनत गर्न सके आम्दानी गर्न सकिन्छ भन्ने बल्ल सोच आएको छ, भिरालो जमिनमा पनि कागती खेती हुने थाहा भयो अब जमिन बाझो नराख्ने योजना छ ।”

कागतीले डाडापाखाको मुहार परिवर्तन भएको देखेर भुषाल कृषि फर्ममा काम गर्दै आउनु भएका स्थानीय रेख बहादुर राना मगरलाई विदेश नगएर यहिँ कर्म गरेकोमा खुसी लागेको छ । तीन वर्ष मलेसिया बसेर घर फर्किनु भएका ३१ वर्षिय राना फेरि विदेश जाने तयारीमा हुनुहुन्थियो । गाउँमा नै फर्म संचालन गर्ने र काम पाउने भएपछि उहाँ विदेश त जानु भएन् तर भिरालो र झाडि भएको पाखामा खेती हुन्छ भन्नेमा भने विश्वस पनि लागेको थिएन् । मिहेनत गर्ने हो भने यहि राम्रो उत्पादन गर्न सकिने रैछ तर आवश्यक ज्ञान, सिप र अवसरको खाचो रहेको रेख बहादुरको भनाई छ । हिजो आज रेख बहादुर जिल्लाको विभिन्न स्थान संगै चितवन, लमजुङ्गसम्म बिरुवा कलमी गर्न जाने गर्नु भएको छ । “विदेशमा जत्ति गर्ने मिहेनत पनि गर्नु परेको छैन, अहिले फर्मको मासिक तलव संगै विरुवा कलमी गरेर आम्दानी गर्ने अवसरहरु मिलेको छ”उहाँले भन्नु भयो ।

बुलिङ्गटार ४ सिंचाङ्गमा भुषाल कृषि फर्म दर्ता गरी देवी भुसालले २०७६ देखि कागती खेती शुरु गर्नुभएको हो । बजार मुल्य राम्रो रहेको सुनकागती १ जातका कागतीहरु अहिले यहाँ फुलिरहेका छन् । अहिले फुलेका कागतीहरु अब साउनमा विक्रीका लागि तयार हुने गर्दछ । ७० रोपनीमा २ हजार कागती फुलेका छन्, जसमध्ये १ हजार कलमी र १ हजार विजु विरुवाका कागतीहरु हुन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट विरुवा, सिचाईको लागि टंकी, पाइप विस्तार लगाएतमा सहयोग पाएको सञ्चालक देवी भुसालले बताउनु भयो । लिफ्टिङ्ग मार्फत प्रत्येक विरुवामा सिचाईको लागि पाइप विस्तार गरिएको छ भने आवश्यक मलको लागि फर्ममा नै पाडाहरु समेत पालिएको छ । “पहिलो वर्ष २ हजार विरुवाबाट करिब १५ क्वीन्टल कागती हुने अपेक्षा गरिएको छ” फर्मका संचालक देवी भुसालले भन्नु भयो ।

बौदीकाली गाउँपालिका वडा नम्बर ६ नेवारवारीमा सुन्तलाको बगैचा रहेको छ । यहाँ ३५ रोपनी क्षेत्रफलमा १ हजार सुन्तलाको बोटमा फुल खेल्दै छ । ५ रोपनीमा सुन्तला र कागतीको नर्सरी रहेको छ । सुन कागती १ र सुन कागती २, स्थानीय जातका सुन्तलाको विरुवा कलमी र विजु गरेका २५ हजार विरुवाहरु हुर्किरहेका छन । बैदेशिक रोजगारीबाट फर्किएर विभिन्न क्षेत्रमा काम गरेपनि स्वदेशमा नै आत्मनिर्भर बन्न कृषिमा नै लाग्नपर्ने देखेपछि दिपक चापागाईले सफल कृषि फर्म दत्र्ता गरी सुन्तला खेती शुरु गरेको बताउनुभयो ।“जिल्लामा नर्सरी नहुनु, स्वस्थ विरुवा पाउन गाह्रो, अन्यत्रबाट ल्याउदा विरुवा हुर्काउन समस्या भएको हुदा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको समन्वयमा २०७७ देखि नर्सरी शुरु गरेको हो ”फर्मका संचालक चापागाईले भन्नु भयो ।

सुन्तला र कागतीको बगौचा खेती गरेका किसानहरुलाई आवश्यक विरुवाहरु र नयां बगैचा निर्माण गर्न चाहने किसानलाई पनि सुन्तला र कागतीको विरुवा खोज्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको चापागाईले बताउनुभयो । अब विरुवा लगाउन चाहने किसानहरुलाई सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ । “कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान सहित दुई करोडको लगानीमा बगौचा र नर्सरी खेती गरिएको हो” चापागाईले भन्नु भयो । रासस

Related Post

Leave A Comment