Latest
img

सर्दीमा भेटिएको बम सेनाले निस्क्रिय बनायो

पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार दिउँसो निस्क्रिय पारेको छ । जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार यहाँ फेला परेको बम निकै शक्तिशाली हो । हात्तीखोरस्थित नेपाली सेनाको वन तथा पर्यावरण गणको सैनिक टोली सर्दी पुगेर बम निस्क्रिय पारेको हो । ती बम शक्तिशाली रहेको सेनाले जनाएको छ ।
साथै माओवादी सशस्त्र द्वन्द्वका बेला ती बम यहाँ राखिएको हुनसक्ने आकलन गरिएको छ । घटनास्थलमा रहेका एक सैनिक अधिकृतका अनुसार उक्त बम एउटा डाँडाबाट अर्को डाँडामा प्रहार गर्न सकिने शक्तिशाली गोला हो । जुन मोर्टारमा राखेर लामो दूरीमा लक्षित गरेर हान्न प्रयोग हुन्छ ।

सेनाले ती बम निस्क्रिय पार्ने क्रममा निकै टाढासम्म सुनिने चर्को आवाज निस्किएको स्थानीयहरूले बताए । चार दिनअघि विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ५ धुर्कोट भेडीगाउँको बारी खोस्रिँदा गोठालाले गाजर जस्तै देखिने ९ वटा बम (गोला) फेला परेका थिए । सोमबार त्यहाँ खोतलेर हेर्दा पनि त्यति नै परिमाणको बम भेटिएको र सबै निस्क्रिय पारिएको हो ।

Related Post

Leave A Comment