Latest
img

‘चित्तौन कचेहेरी’को पहिलो दिन ८ प्रस्तुति

भरतपुर- नारायणगढमा शुक्रवार देखि सुरु भएको ‘चित्तौन कचेहेरी’मा नौ वटा प्रस्तुति भएका छन् । फरक विचारको उत्सवको रूपमा आयोजना गरिएको कचेहेरीमा पहिलो दिन उत्पीडित र किनारीकृत समुदायको हक अधिकार र आत्मसम्मानको संघर्षलगायत विषयमा गहन विचार विर्मश गरिएको छ । नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार : कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता : कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा : यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय : अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको छ ।

सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा थाहा ? नाटकसमेत प्रस्तुत गरिएको छ । पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्श गरे । २३ कविले कविता वाचनसमेत गरे । बहस र वक्ताहरुको विचारले चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गरेको महोत्सवकी निर्देशक सरिता तिवारीले बताइन् ।

‘मान्छेका जीवन–मरणका विषयहरू उठान गरिएको छ, थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास हो, त्यसमा हामी सफल भएको भन्ने लाग्छ,’ तिवारीले भनिन् । महोत्सवको दोस्रो दिन शनिबार १० वटा सत्र रहनेछन् । ‘विकास’ मा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्था : समाज अघि बढ्दै छ कि पछि ?, कसरी लेखिँदै छ चितवनमा आख्यान, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवन : हिजो, आज र भोलि नामक सत्रमा बहस हुनाका साथै नाटक ’स्वप्नबयान’ को मञ्चन हुनेछ ।

महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । सभ्य समाज निर्माणको लागि महोत्सव आयोजना गरिएको कचेहेरीका सहनिर्देशक डा. जीवन क्षेत्रीले प्रकाश पारे । महोत्सवको आयोजना ६ वटा संस्थाहरूले गरेका हुन् । जसमा नारायणी कला मन्दिर, मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन र युथ पोलिटिकल फोरम छन् ।

Related Post

Leave A Comment