पुष २८, २०८१ आइतबार
कावासोती- औषधि सेवालाई बैज्ञानिक, मर्यादित र गुणस्तरिय बनाउन औषधि ब्यवसायी संघ (NCDA) नवलपुर शाखाले जिल्लामा फार्मेसि अनुगमन तथा व्यवसायीक भेटघाट कार्यक्रम संचालन गरेको छ । गैंडाकोट,देवचुली,कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा गरी तीन समूहमा अनुगमन तथा व्यवसायीक भेटघाट गरिएको छ ।
औषधीको बिधि सम्मत भण्डारण, नार्कोटिक भन्डारण– अभिलेखिकरण तथा बिक्री, टुटफुट तथा म्याद नाघेका औषधीको ब्यवस्थापन, साईनबोर्ड– प्रमाणपत्र ले आउट तथा नागरिक वडापत्र, सरसफाई तथा प्रशासनिक पक्षहरुको आन्तरिक अनुगमन गरि औषधि ब्यवसायिका साझा समस्याहरु पहिचान गर्न तथा पेशालाई थप मर्यादित बनाउन आन्तरिक अनुगमन शुरु गरिएको औषधि ब्यवसायी संघ गण्डकी प्रदेश सदस्य जीवनराज सापकोटाले बताउनुभयो । यस कार्यबाट परिमार्जित कानुनी ब्यवस्थाका साथै बिकशित ब्यवस्थापकिय पक्षमा ज्ञान तथा अभिमुखिकरण मिलेको कुमारवरर्ती औषधालयका संचालक राम बहादुर बोहोराले बताउनुभयो ।
बिनय त्रीवेणी– मध्यविन्दु नगरपालिकाको अनुगमन संयोजन उपाध्यक्ष सुर्य सुवेदी, कावासोती क्षेत्रका संयोजक वरिष्ट उपाध्यक्ष लक्ष्मण पौडेल तथा गैंडाकोट क्षेत्रको संयोजन जिल्ला अध्यक्ष बिष्णु कंडेलले गर्नुभएको छ । पछिल्लो समय बर्सेनि हुने नितिगत बदली, अब्यवस्थित बिमा, जनशक्ती पलायन जस्ता बिषयहरुले ब्यवसायीहरुमा निराशा देखिएको अनुभव गर्दै, आन्तरिक अनुगमन नवलपुर जिल्ला शाखाले शुरु गरेको हो । यस आन्तरिक अनुगमन कार्यलाई गण्डकी प्रदेशभर नै गर्ने तयारी रहेको प्रदेश सदस्य जीवन राज सापकोटाले बताउनुभयो ।
Leave A Comment