सचिव रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी - Nepal Frontline
Latest
img

सचिव रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

बुटवल- सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थलाई संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सचिव पन्थलाई गण्डकी प्रदेशको प्रमुख सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । पन्थ झण्डै दुई वर्ष गण्डकी प्रदेशको प्रमुख सचिव रहनु भयो। संघियता कार्यान्वयन भएपछि सबैभन्दा बढी समय प्रदेशको प्रमुख सचिव हुने पन्थ एक मात्र सचिव हुनुहुन्छ। पन्थ निष्पक्ष र सक्षम सचिवका रुपमा चिनिनुहुन्छ।

श्रोतका अनुसार दल विशेषको खास पात्र नभएका कारण सचिव पन्थलाई संघमा ढिलो सरूवा गरिएको हो। सचिव पन्थले सरूवा प्रकृया राजनीतिक नभै संस्थागत र कार्य क्षमताको आधारमा हुनुपर्ने बताउनुभयो। पन्थले गण्डकी प्रदेश सरकारको प्रमुख सचिव हुनुअघि विभिन्न जिल्लामा सिडिओ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सुर्खेत कार्यालयको प्रमुख भएर काम गर्नुभएको थियो ।
सचिव पन्थले चुस्त सेवाप्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

 

Related Post

Leave A Comment