कावासोतीका पाउरोटी उद्योगमा गरिएको अनुगमनमा फेला परेका अखाद्य बस्तु नष्ट - Nepal Frontline
Latest
img

कावासोतीका पाउरोटी उद्योगमा गरिएको अनुगमनमा फेला परेका अखाद्य बस्तु नष्ट

नवलपुर- कावासोती नगरपालिकाले अनुगमनका क्रममा बरामत गरेको अखाद्य बस्तुहरुलाई नष्ट गरेको छ । सोमवार मंगलवार र वुधवार नगरपालिकाले नगर भित्रका केहि पाउरोटी उद्योग तथा वेकरी पसलमा अनुगमन गरेको थियो । सोहि क्रममा बरामद गरेको १ सय ५० केजि तयारी अवस्थाको मैदा, २ सय ६ स्ट्रेमा तयारी अवस्थामा राखिएको मैदा, लेवल नलागेको म्याद गुज्रिएको ६ बोरा र २ सय ९८ प्याकेट विस्कुट, पाउरोटी तथा मैदाजन्य बस्तुहरु नस्ट गरिएको नगर प्रमुख विष्णु प्रसाद भुसाले बताउनुभयो । वडा नम्बर ३ को केरुङ्गेखोला नजिकैको च्यानघारीमा बरामत गरिएका अखाद्य बस्तुहरुलाई खाल्डो खनेर पुरिएको छ । नगरप्रमुख भुसाल, प्रहरी, पत्रकारको रोहवरमा नष्ट गरिएको हो । उपभोक्ताको स्वास्थ्य संग जोडिएको हुदा खाद्य पदार्थहरु विक्रि वितरण गर्ने संघसस्थाले जनस्वास्थ्यलाई ध्यान दिएर मात्रै व्यपार व्यवसाय गर्न नगर प्रमुखले आग्रह गर्नुभयो ।

कावासोतीमा रहेको कमल पाउरोटी उद्योग, अनिल पाउरोटी उद्योग, लालिगुँरास पाउरोटी उद्योग, रुवी पाउरोटी उद्योग र केएफसी बेकरीमा अनुगमन गरिएको थियो । जस मध्ये कमल पाउरोटी उद्योग, अनिल पाउरोटी उद्योग र लालिगुँरास उद्योगलाई तिन देखि पाँच दिनका लागि उत्पादन बन्द गरिएको बजार अनुगमन संयोजक मिन लामाले बताउनुभयो ।

अनुगमनका क्रममा उपभोक्ताले सिधै उपभोग गर्ने बस्तुको उत्पादन स्थलमा फोहोर, कामदारहरुले सरसपफाईमा ध्यान नदिएको, दर्ता नभएको, नविकरण नगरेको ,उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएको भेटिएको लामाले बताउनुभयो । कावासोती नगरपालिकाको बजार अनुगमन शाखाले गरेको बजार अनुगमनमा जिल्ला प्रशासन, पर्यटक तथा घरेलु उद्योग, उपभोक्ता हकहित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ र जिल्ला प्रहरीको सहभागिता रहेको थियो ।

 

Related Post

Leave A Comment