कावासोतीमा दुई बस ठोक्किदा ४ जना घाइते - Nepal Frontline
Latest
img

कावासोतीमा दुई बस ठोक्किदा ४ जना घाइते

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको कावासोती ९ मा दुई बस एकआफसमा ठक्कर खादा ४ जना घाईते भएका छन । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र बिपरित दिशाबाट जांदै गरेको म.प्रदेश ०३–००१ ख ९१९० नं.को बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा सुर्खेत विरेन्द्रनगर १४ का ललित थापा, संजय बुढा, मकवानपुरको बागमती गाउँपालिका ५ का मोनिका वि.क. र बारा जिल्लाको आदर्श गाउँपालिका २ का नरेन्द्र पटेल रहेका छन । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलका अनुसार  घाईतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई डिस्चार्ज भएको छ भने बसमा सवार अन्य यात्रुहरु अर्को सवारी साधनमा गतव्य तर्फ लागेका छन । दुबै बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै विहिवार साझ नारायणी नदीमा हामफालेर बेपत्ता भएकी महिलाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पौडेलका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ सालबास बस्ने २२ वर्षिया गंगा कुमारी फौजदार (थारु) नादीमा हाम फालेर बेपत्ता भएकी हुन ।  पुलमा झोला र आफुले प्रयोग गर्ने मोवाईल राखेर नदिमा हाम फालेकी देखिएको छ । बेपत्ता महिलाको खोजीकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।

Related Post

Leave A Comment