साउन २०, २०८२ सोमबार
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । नियमिततर्फ ६१ दशमलव १७% परीक्षार्थीहरू ग्रेडेड भएका छन्। भने ३६.४९ प्रतिशत परीक्षार्थीहरू ननग्रेडेड भएका छन् ।
परीक्षामा सहभागी नियमिततर्फ ३ लाख ९६ हजार ३४७, आंशिकतर्फ १ लाख १४ हजार ६४० कुल जम्मा ५ लाख १० हजार ९८७ रहेका थिए । नियमिततर्फ दुई लाख ४२ हजार ४६५ ,आंशिकतर्फ ४१ हजार ८४० गरी जम्मा २ लाख ८४ हजार ३०५ जना ग्रेडेड भएका छन् । १ लाख ५३ हजार ८८२ जना ननग्रेडेडमा परेका छन् । भने १७ जनाकाे परीक्षाफल स्थगन गरिएकाे छ।
३.६१ देखि ४.० जीपीए ल्याउने १३,५०२
३.२१ देखि ३.६० जिपीए ल्याउने ५५ हजार ८९६
२.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८
२.४१ देखि २.८० जीपीए ल्याउने ६९ हजार ८१२
२.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४
१.६१ देखि २.० जीपीए ल्याउने २३ जना
Leave A Comment